१ चैत्र २०८२, आइतबार | March 16, 2026

पिच गरेको भोलिपल्टै सडक जिर्ण, स्थानीय आन्दोलित



महोत्तरी । सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेको हो ।

पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।

उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक करोडमा ठेक्का हात पारेको थियो । तर स्थानीयले राजनीतिक प्रतिशोध लिने उद्देश्यले किनारा नै नमिलाइकन पिच उप्काएको युनिभर्सल कन्स्ट्रक्सनका प्रबन्धक सुजन पोखरेलको दाबी छ । ‘निर्वाचनको संघारमा स्थानीय दलगत व्यक्तिहरूले बदनाम गर्ने उद्देश्यले योजना विफल बनाउन पिच उप्काएका हुन्,’ प्रबन्धक पोखरेलले भने ।

नगरपालिकाको मापदण्डमा उक्त कन्स्ट्रक्सन कम्पनीले ४० एमएम मोटाइ र पूर्ण प्रिमिक्स बनाउनुपर्ने उल्लेख छ । तर मापदण्डअनुसार गुणस्तरहीन सामान प्रयोग गरी स्थानीयलाई आँखामा छारो हाल्ने काम मात्र गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

यता नगरपालिकाले गुणस्तरको विषयमा छानबिन गर्न प्रावधिक टोली आज पठाउँदै छ । ‘प्रावधिकहरू गएर गुणस्तरको लेखाजोखा गर्छन्, यदि प्रमाणित भए ठेकेदार कम्पनीको भुक्तानी नै रद्द गरिनेछ,’ नगर प्रमुख विदुर कार्कीले भने ।

ठेकेदार कम्पनीले निर्माण सामग्री प्रयोग गर्दा वडाध्यक्षलाई बोलाएर समन्वय गर्ने बताए पनि आफूलाई कुनै जानकारी नदिएको वडाध्यक्ष धनबहादुर लामाले बताए । यसअघि पनि खयरमारामै बन्दै गरेको पिच उप्किएपछि नगरपालिकाले भुक्तानी रोकेर पुनः काम गर्न लगाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १२ : ०९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन