२९ भदौ २०८३, सोमबार | September 15, 2026

भागबन्डा नमिल्ने संकेतपछि एमालेसँग आन्तरिक छलफलमा सत्तारुढ दल



गोरखा । गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने गरेको छ ।

भागबन्डाको विषयमा कुरा नमिल्दा सत्तारुढ दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बन्दै गएको संयन्त्रका जिल्लास्तरीय नेताहरु बताउँछन् । ११ स्थानीय तहमध्ये नौ पालिका प्रमुख जितेको नेपाली कांग्रेसले यसअघि विजयी भएका नौवटै पालिका दाबी गर्दै आएको छ ।

दुई नगरपालिकासहित ११ वटा स्थानीय तह रहेको गोरखामा कांग्रेसले अघिल्लो चुनावमा जितेको नाै पालिकामा अडान छाडेको छैन । हाल दुई पालिकाको नेतृत्व सम्हालिरहेको माओवादीले जिल्ला समन्वय समितिको प्रमुखसहित पाँच पालिका पाउनुपर्ने अडान राखेको छ ।

यस्तै, जसपाले अहिले पालुङटार नगरपालिकासहित तीनवटा पालिका पाउनुपर्ने माग राखेको छ । गठबन्धनको मर्म र भावनाअनुरूप सहअस्तित्वको आधारमा कम्तीमा एक पालिका प्रमुख पाउनुपर्ने एकीकृत समाजवादीले बताउँदै आएको छ ।

यद्यपि पटकपटक बैठक बसे पनि सबै दल आ-आफ्नो अडानबाट पछाडि नहट्दा चुनावी तालमेलको सम्भावना न्यून हुँदै गएको हो । ‘सबै दलहरूको अडान कायमै छ । कुनै दल लचिलो हुने, कम्प्रमाइज गर्ने जस्तो संकेत नै देखिँदैन । सबैले आफ्नो अडान कायमै राखेपछि त कसरी गठबन्धन हुन्छ त ?’, सत्तारुढ दलका एक नेताले भने ।

भागबन्डामा सहमति जुट्ने संकेत नदेखिएपछि सत्तारुढ दलका नेताहरू गठबन्धन तोडेर एमालेसँग तालमेल गर्ने विषयमा आन्तरिक छलफल गर्न थालेका छन् । कांग्रेस, माओवादी, जसपाका जिल्लास्तरीय नेताहरू गठबन्धनमा भागबन्डाको कुरामा सहमति नजुटेपछि विकल्पको रूपमा एमालेसँग आन्तरिक छलफलमा बस्न थालेका हुन् ।

चुनावी तालमेल र सहकार्यका विषयमा सत्तारुढ दलका नेताहरू आफूहरूसँग निरन्तर आन्तरिक छलफलमा बसिरहेको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ बताउँछन् ।

‘हामी सँग चुनावी सहकार्य गर्ने, तालमेल गर्ने विषयमा सबै दलहरूसँग छलफलमा बसिरहेका छौँ । उहाँहरूबीच खटपट चलिरहेकै छ ।

हामीसँग जनताको भावना र मर्म बुझेर विकास र समृद्धिको यात्रामा सहकार्य गर्न यदि कुनै दल तयार हुन्छन् भने हामी तालमेल गर्न तयार नै छौँ’, अध्यक्ष गुरुङले भने ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १२ : ३७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ