२४ बैशाख २०८१, सोमबार | May 6, 2024

कांग्रेस कास्कीका नेता थापाले देउवासँग भने:- हाम्रो ६० हजार मतको अपमान नगरियोस्



काठमाडौं । नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् ।

विगतमा पनि पोखरा महानगरपालिकामा कांग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए ।

कास्की कांग्रेस नेताले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए । ‘पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौँ । यसमा सभापति ज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नुभएको छ । त्यस्तो अप्रिय निर्णय आउँला भन्ने हामीले कल्पना पनि गरेका छैनौँ ।’ नेता थापाले भने ।

कांग्रेसको भागमा पोखरा नपरे के गर्ने भन्ने प्रश्नमा देउवाले चित्त बुझ्दो जवाफ दिन नसकेको उनको भनाइ छ । ‘हाम्रो ६० हजारभन्दा बढी मत सुरक्षित छ । ६० हजार मतलाई कम मतमा भोट दिनुहोस् भन्न अप्ठ्यारो हुन्छ । यो कुरा हामीले सभापति ज्यूलाई प्रष्ट्याएका छौँ । यसमा म हेर्छु भन्नुभएको छ ।’ नेता थापाले भने ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ०९ बजे

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले