२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

संघीय र प्रदेश संसदका सभामुख उपसभामुखहरुको भेला लुम्बिनीमा : संसदिय सिस्टम बसाल्नु पर्नेमा जोड



बुटवल । संघीय प्रतिनिधी सभाका सभामुख अग्नीप्रसाद सापकोटाले संघीय संरचनामा भएका कमिकमजोरी र त्रुटीहरुलाई हटाई अघि बढ्नुको बिकल्प नरहेको धारणा ब्यक्त गरेका छन् । रुपन्देहीको लुम्बिनीमा मंगलबार आयोजित अन्तर—ब्यबस्थापिका अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालमा संसदीय सिस्टमको बिकास नहुँदा यसभित्र बिविध प्रकारका बिकृती र बिसंगतीहरु मौलाएको उल्लेख गरे । सभामुख सापकोटाले संसदीय मुल्य मान्यता, आदर्श र सिद्धान्तको अभावमा संसद अनिर्णयको बन्दि बन्दै गएको पनि बताए ।

उनले सार्वभौमसत्ता संसदलाई जिवन्त र जनमुखी बनाउन संघिय र प्रादेशिक जनप्रतिनिधीहरुको भुमिका महत्वपुर्ण हुने बताए । संघीयता मजबुत बनाउन थप संघर्ष आवश्यक रहेको टिप्पणी गर्दै उनले प्रकृया, पद्दती र सदाचारको बिकास नहुदा नेपालको संसदिय क्षेत्रमा समस्या र चुनौतीहरु बढ्दै गैरहेको बताए ।

सभामुख सापकोटाले सिस्टम बसाल्ने कुरामा संसद र सांसदको भुमिका महत्वपुर्ण हुने बताउँदै राजनैतिक उतार चढावका कारण पछिल्लो समय नेपालको संसदिय अभ्यासमा देखापरेको बिकृती र बिसंगतीप्रति चिन्ता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन संसदको भुमिका महत्वपुर्ण हुने बताए । उनले सार्वभौम संसदलाई अनिर्णयको बन्दी बनाउनु देश र जनताप्रतिको अक्षम्य घात हुने उल्लेख गरे ।

लुम्बिनी प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्तीले संसद सुचारु गर्न राजनैतिक दलहरु गम्भिर हुनुपर्ने आवश्यक्ता औल्याए ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनप्रतिनिधीहरु आफ्नो भुमिका र जिम्मेबारीप्रति उत्तरदायी नहुने तर कर्मचारीले कामै गर्न दिएनन् भन्दै जनताको आँखामा छारो हाल्ने पद्दतीको बिकास भएको बताए ।

सो अवसरमा प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारी, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्ती र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेश सभा, संसदको महत्व र सांसदको भुमिकाबारे चर्चा गरेका थिए ।

संघिय संसद र प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरुको सहभागिता रहेको सो कार्यक्रमको उद्घाटन गर्दै सभामुख सापकोटाले ब्यबस्थापिका सांसदहरुले आफ्नो जिम्मेबारी, दायित्व र भुमिकाबाट भाग्न नहुने जिकिर पनि गर्नु भयो ।

संघीय संसद र प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरुको सहभागिता रहेको सो कार्यक्रमको उद्घाटन ब्यबस्थापिका संसदका सभामुख अग्नी प्रसाद सापकोटाले गरेका थिए ।

 

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ५ : १६ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला