२६ असार २०८३, शुक्रबार | July 10, 2026

महानगर र उपमहानगरको भागवण्डा सहमतिको अन्तिम चरणमा, हस्ताक्षर गर्न बाँकी



काठमाडौं । लामो कसरत पछि सत्तारुढ गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटेको छ ।

मंगलबार दिउँसो र राती दुई पटक बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगर मध्य तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व दिने सहमति भएको बताइएको छ भने ७ उपमहानगरपालिका कांग्रेसले नेतृत्व गर्ने र २ वटा माओवादीलाई तथा एक एक वटा जसपा र एकीकृत समाजवादीलाई दिने गरि सहमति भएको गठबन्धन दलका उच्च स्रोतले दाबी गरेको छ ।

सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने छ भने पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउने छ ।

११ वटा उपमहानगरपालिका मध्ये काँग्रेसले ७ वटामा प्रमुख पाउने पक्का भएको छ । माओवादी केन्द्रले २, एकीकृत समाजवादी र जसपाले एक–एक उपमहानगरपालिका प्रमुख पाएको बताइएको छ । स्रोतका अनुसार काँग्रेसलाई बुटवल, तुल्सीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीको उपमहानगरपालिकाको नेतृत्व गर्ने छ भने माओवादीले घोराही र जीतपुर उपमहानगरमा मेयर लिने छ । त्यसैगरि एकीकृत समाजवादीले हेटौडा र जसपाले जनकपुर उपमहानगरको नेतृत्व लिने सहमति भएको छ ।

त्स्तै दलहरुकाबीच नेपालगन्ज र धनगढी बाहेकका उपमहानगरका उपमेयरको पनि टुँगो लागेको बताइएको छ । सहमति अनुसार काँग्रेसले जनकपुर, हेटौडा, जितपुर सिमरा र घोराही उपमहानगरपालिका उपमेयरमा लिएको छ । धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रले पाएको छ भने इटहरी, बुटवल र तुल्सीपुरमा एकीकृत समाजवादीले उपमेयर पाउने भएको छ । जसपालाई कलैया उपमहानगरको उपमेयर छाडिएको छ ।

नेपालगञ्जमा जसपा र धनगढीमा माओवादीले उपप्रमुखमा दाबी कायम राखेका कारण टुङ्गो नलागेको स्रोतले बतायो । सम्भवत नेपालगन्जको उपमेयर जसपालाई दिएर धनगढीमा माओवादीले लिन सक्ने सम्भावना रहेको आँकलन गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : ४० बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा