२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

दार्चुलामा कांग्रेस र माओवादीले गरे चुनावी भागबन्डा



दार्चुला । दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा टुंग्याएका छन् ।

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबन्डामा सहमति भएको हो ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ ।

दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए ।

कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउनेछ ।

६१ वडामध्ये ४४ मा कांग्रेस र १७ वडा माओवादीले पाएको छ । एकीकृत समाजवादीलाई वडा सदस्यमा आवश्यकताका आधारमा भागबन्डा दिने तय गरिएको उनको भनाइ छ ।

२०७४ को निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : ०० बजे

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका