२३ बैशाख २०८१, आइतबार | May 5, 2024

गठबन्धनको निर्णयअनुसार मात्रै उम्मेदवारी दर्ता गर्न पाँचै दलका नेता कार्यकर्तालाई निर्देशन



काठमाडौं । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफनो दलको संयन्त्रमार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेवार हुने बताए । उनले भने– ‘समग्र मिटिङमा पाँच दलको भावना र मर्म अनुसार अगाडी बढने र काहीँ आन्तरिक केही असमझदारीहरु छन भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने । र जनमतलाई ध्यानमा राखेर आफना गतिविधिहरुलाई अगाडी बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ । केही असमझदारीहरु छन, सिट थोरै छ । योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ । स्वाभाविक रुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा ठह¥याउन सकिन्न । तर पार्टीको जुन एउटा मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ त्यो निर्णयलाई पालना गरेर अगाडी बढनुको हामीसँग अहिले विकल्प छैन र अहिले यो स्थानीय सरकारले विकास निर्माणलाई तिव्रता दिनुपर्दछ । पाँच वर्षको अनुभवले पनि के देखाएको छ भने स्थानीय सरकारले खासगरेर सडक पुर्वाधारहरुमा उल्लेख्य काम गरेका छन । र अब यो पाँच वर्षमा विकास निर्माणलाई अगाडी बढाउने उद्देश्यले स्थानीय निकायलाई परिचालन गर्नुपर्दछ । र स्थानीय निकायमा पाँच दलले खडा गरेका उम्मेदवारहरुलाई एकताका साथ निर्वाचित गराउन सबैले आ–आफनो संयन्त्रमार्फत आ–आफनो दललाई निर्देशन गर्ने निर्णय भएको छ । र केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरी सहमती गरेर पाँच दलको एउटै उम्मेदवारहरु देशभरी हुनेछन ।’

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरुलाई पनि सहमतीमा ल्याउने बताए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ उनले उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको जिकिर गरे ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०५ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त