१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

प्रतिबद्धतापत्र तयारीका लागि एमालेका बुद्धिजीवी परिचालन



काठमाडौं । नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्याशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक पालिकाका लागि दुई–दुई जनालाई प्रशिक्षक खटाएको र प्रशिक्षणप्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो । चैत १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता, कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गरेका थिए । घोषणापत्र मस्यौदाका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गठित समितिको सुझावका आधारमा घोषणापत्र तयार गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : ११ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि