१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी



पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।

‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’

सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए । ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : ५१ बजे

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता