२९ भदौ २०८३, सोमबार | September 15, 2026

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मागे अर्थमन्त्रीको राजीनामा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।

मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिंदै काममा फर्कन भनेपछि विश्वप्रकाशले उनको राजीनामा माग गरेका हुन् ।

विश्वप्रकाशले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’

कांग्रेस महामन्त्री विश्वप्रकाशले अर्थमन्त्रीको नाम उल्लेख नगरी उनको राजीनामा माग गरेका छन् ।

‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति !’ विश्वप्रकाशले नाम नलिई यसरी राजीनामा माग गरेका छन् ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ५४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ