१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

सिट भागबन्डामा कांग्रेसको हात माथि



काठमाडौं । सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरतर्फको मेयर र उपमेयरको सिटमा भागबन्डा गरेका हुन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेवार उठाउनेगरी ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरमा भागबन्डाको लिखित सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

जसअनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर भाग पाएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ । यसैगरी, जनता समाजवादी पार्टीले वीरगन्जको मेयर र विराटनगरको उपमेयर पाएको छ ।

यसैगरी, ११ उपमहानगरपालिकाको भागबन्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी गरी सात उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी तीन उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ ।

माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद भाग पाउँदा धरान र धनगढीको उपमेयर पाएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद पउँदा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर उसको भागमा परेको छ । यसैगरी, जसपाको भागमा जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगन्जको उपमेयर परेको छ ।

सत्तारूढ गठबन्धनको आइतबारदेखि भागबन्डाको बैठक नेपालगन्ज उपमहानगरपालिकाको मेयरको भागबन्डा नमिल्दा मंगलबार राति २ बजेसम्म बसेको बैठकमा सहमति भएको थिएन ।

बुधबार बसेको सत्तारूढ दलको शीर्ष नेताको बैठकले नेपालगन्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउनेगरी सहमति जुटाएको हो । जनकपुरमा जसपालाई दिएपछि गठबन्धनमा उपमहानगरतर्फको भागबन्डा मिलेको हो ।

देशभरका ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको भागबन्डाको अवस्था हेर्दा गठबन्धनमा कांग्रेस बढी नाफामा देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले दुईवटा मात्रै महानगरपालिकाको नेतृत्व हात पारेको थियो । त्यसबखत ६ महानगरपालिकामध्ये ललितपुर र विराटनगरको प्रमुख कंग्रेसले जितेको थियो ।

तर, अहिले कांग्रेसले गठबन्धनको भागबन्डामा काठमाडौंसहित तीनवटा महानगरपालिकामा मेयरको टिकट आफ्नो पोल्टामा पारेको हो । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पद लिएको हो । यस्तै, २०७४ मा नेकपा एमालेले जितेको पोखरा महानगरपालिकाको उपमेयरको टिकट पनि कांग्रेसले नै पाउने भएको छ ।

यसैगरी, सातवटा उपमहानगरपालिकाको प्रमुख पदको टिकट पनि कांग्रेसको भागमा परेको छ । यीमध्ये तीनवटा उपमहानगरमा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको थियो । त्यसमा चारवटा थप गर्दै कांग्रेसले सातवटा महानगरको टिकट आफ्नो भागमा पारेको हो ।

२०७४ मा धरान, धनगढी र कलैया उपमहानगरपालिकाको मेयर पद कांग्रेसले जितेको थियो । हाल भने इटहरी, बुटवल, तुलसीपुर र नेपालगन्ज महानगरपालिकाको मेयर कांग्रेसले पाएको हो । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ११ बजे

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

भदौ २३-२४ को जस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस प्रतिवद्ध छ : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान निर्वाचन कुनै दलको

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म