१५ बैशाख २०८१, शनिबार | April 27, 2024

गोरुसिङ्गेको सैनिक ब्यारेकमा आफैलाई गोली प्रहार गरेकी सैनिक जवानको मृत्यु



बुटवल । आफुलाई आफै गोली हानेको भनिएकी एक सैनिक सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । ड्युटी गरिरहेकै अवस्थामा आफैलाई गोली प्रहार गरेकी भनिएकी नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैहवा स्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको उनले बताए ।

प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआईदिएपछि भैरहवामै उपचार गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेको खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : ०८ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको