७ पुस २०८२, सोमबार | December 23, 2025

६३ देशमा गरिएको अध्ययनले भन्छ – अधिकांश संरक्षित क्षेत्रले वन्यजन्तुलाई फाइदा गरेको छैन



लन्डन । प्रकृतिका लागि स्पष्ट रूपमा छुट्टाइएको क्षेत्रले वन्यजन्तुलाई सक्रिय रूपमा फाइदा नगर्ने एउटा अध्ययनले देखाएको छ ।

संरक्षित क्षेत्रहरूको अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययनले यस्तो खुलासा गरेको हो ।

वैज्ञानिकहरूले ६८ देशमा १५ सय संरक्षित क्षेत्रहरूको प्रभावबारे जाँच गरेका थिए । उनीहरूले सीमसार र जल पंक्षीहरूमा जोड दिएका थिए ।

वासस्थानहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न आवश्यक रहेको र यसले प्रकृतिलाई बढावा दिने अध्ययनका लेखकहरू बताउँछन् ।

‘त्यहाँ नियमहरू हुन र पुनस्र्थापना गर्न आवश्यक छ’, एक्सेटर विश्वविद्यालयको इकोलोजी र संरक्षण केन्द्रका प्रमुख अनुसन्धानकर्ता डा। हाना वाउचोपले भनिन् ।

एउटा उदाहरण पेस गर्दै उनले अगाडि भनिन्, ‘हामीले क्षेत्र वरिपरि रेखा कोरेर तपाई यहाँ कार पार्क बनाउन सक्नुहुन्न भन्न सक्दैनौँ । ’

अध्ययनले संरक्षित क्षेत्रको सफलताको मापनको रूपमा सिमसार चराहरूको जनसंख्याको प्रवृत्ति प्रयोग गरेको छ ।

अनुसन्धानकर्ताहरूले आधिकारिक रूपमा संरक्षित गर्नुअघि र पछि ती क्षेत्रहरूको तुलना गरेका थिए । त्यस्तै, उनीहरूले संरक्षित क्षेत्रभित्र र क्षेत्रबाहिर समान पंक्षीहरूको संख्याको प्रवृत्तिहरू तुलना गरेका थिए ।

‘हामीले अध्ययन गरेका धेरैजसो ठाउँहरूमा वन्यजन्तुको जनसंख्या अझै स्थिर थियो वा बढ्दै गएको थियो । तर, तिनीहरूले असुरक्षित क्षेत्रहरूभन्दा राम्रो काम गरिरहेका थिएनन’, उनले भनिन् ।

अध्ययन बेलायतको नेचर जर्नलमा प्रकाशित छ । एजेन्सी

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : ३३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत