१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

६३ देशमा गरिएको अध्ययनले भन्छ – अधिकांश संरक्षित क्षेत्रले वन्यजन्तुलाई फाइदा गरेको छैन



लन्डन । प्रकृतिका लागि स्पष्ट रूपमा छुट्टाइएको क्षेत्रले वन्यजन्तुलाई सक्रिय रूपमा फाइदा नगर्ने एउटा अध्ययनले देखाएको छ ।

संरक्षित क्षेत्रहरूको अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययनले यस्तो खुलासा गरेको हो ।

वैज्ञानिकहरूले ६८ देशमा १५ सय संरक्षित क्षेत्रहरूको प्रभावबारे जाँच गरेका थिए । उनीहरूले सीमसार र जल पंक्षीहरूमा जोड दिएका थिए ।

वासस्थानहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न आवश्यक रहेको र यसले प्रकृतिलाई बढावा दिने अध्ययनका लेखकहरू बताउँछन् ।

‘त्यहाँ नियमहरू हुन र पुनस्र्थापना गर्न आवश्यक छ’, एक्सेटर विश्वविद्यालयको इकोलोजी र संरक्षण केन्द्रका प्रमुख अनुसन्धानकर्ता डा। हाना वाउचोपले भनिन् ।

एउटा उदाहरण पेस गर्दै उनले अगाडि भनिन्, ‘हामीले क्षेत्र वरिपरि रेखा कोरेर तपाई यहाँ कार पार्क बनाउन सक्नुहुन्न भन्न सक्दैनौँ । ’

अध्ययनले संरक्षित क्षेत्रको सफलताको मापनको रूपमा सिमसार चराहरूको जनसंख्याको प्रवृत्ति प्रयोग गरेको छ ।

अनुसन्धानकर्ताहरूले आधिकारिक रूपमा संरक्षित गर्नुअघि र पछि ती क्षेत्रहरूको तुलना गरेका थिए । त्यस्तै, उनीहरूले संरक्षित क्षेत्रभित्र र क्षेत्रबाहिर समान पंक्षीहरूको संख्याको प्रवृत्तिहरू तुलना गरेका थिए ।

‘हामीले अध्ययन गरेका धेरैजसो ठाउँहरूमा वन्यजन्तुको जनसंख्या अझै स्थिर थियो वा बढ्दै गएको थियो । तर, तिनीहरूले असुरक्षित क्षेत्रहरूभन्दा राम्रो काम गरिरहेका थिएनन’, उनले भनिन् ।

अध्ययन बेलायतको नेचर जर्नलमा प्रकाशित छ । एजेन्सी

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : ३३ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी