२० मंसिर २०८२, शनिबार | December 6, 2025

काठमाडौं मेयरका लागि कांग्रेसबाट सिर्जना सिंहसहित पाँचको नाम सिफारिस, तीर्थराम डगोल समेटिएनन्



काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो ।

सत्ता गठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ । तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।

समितिले एक नम्बरमा वडाध्यक्षसमेत रहेका शाक्य, दोस्रो नम्बरमा सिंह, तेस्रो नम्बरमा काठमाडौंकी उपमेयर खड्गी, चौथो नम्बरमा वैद्य र पाँचौं नम्बरमा रञ्जितको नाम सिफारिस गरेको छ ।

तर, काठमाडौं मेयरका लागि चर्चामा रहेका तीर्थराम डंगोलको नाम सिफारिससमेत गरिएन । पूर्वमन्त्रीसमेत रहेका डंगोल संस्थापन पक्षका नेता हुन् । सोही कारण महानगर समिति सभापति शाक्यले उनको नाम सिफारिसमा नगरेको कांग्रेस काठमाडौंका एक नेताले बताए ।

सिफारिस भएका रञ्जितबाहेक चारैजना प्रकाशमान सिंह निकट नेता हुन् । कांग्रेसबाट काठमाडौं मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित रहेको नेताहरू बताउँछन् ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : १७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय