२६ असार २०८३, शुक्रबार | July 10, 2026

जनकपुर जसपालाई दिएपछि कांग्रेसभित्र चर्को असन्तुष्टि



काठमाडौं । जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।

कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो ।

सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २ बजे पत्रकार सम्मेलन गरी आवाश्यक निर्णय लिने तयारी भएको छ । ‘आज २ बजे पत्रकार सम्मेलन गरेर जनकपुर कांग्रेसले आवाश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको भने छैन,’ प्रेस युनियनका धनुषा जिल्ला अध्यक्ष राजनसिंहले बताए ।

सम्भवतः पार्टीवाट राजीनामा दिएर साह नेतृत्वमा जनकपुर धाममा स्वतन्त्र उम्मेदवारी दिने बारेमा निर्णय लिने बुझिए पनि औपचारिक जानकारी भने अझै गराईएको छैन । यसबारेमा थप जानकारी लिन खोज्दा नगरसभापति साह सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ११ : ३४ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा