५ पुस २०८२, शनिबार | December 20, 2025

जनकपुर जसपालाई दिएपछि कांग्रेसभित्र चर्को असन्तुष्टि



काठमाडौं । जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।

कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो ।

सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २ बजे पत्रकार सम्मेलन गरी आवाश्यक निर्णय लिने तयारी भएको छ । ‘आज २ बजे पत्रकार सम्मेलन गरेर जनकपुर कांग्रेसले आवाश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको भने छैन,’ प्रेस युनियनका धनुषा जिल्ला अध्यक्ष राजनसिंहले बताए ।

सम्भवतः पार्टीवाट राजीनामा दिएर साह नेतृत्वमा जनकपुर धाममा स्वतन्त्र उम्मेदवारी दिने बारेमा निर्णय लिने बुझिए पनि औपचारिक जानकारी भने अझै गराईएको छैन । यसबारेमा थप जानकारी लिन खोज्दा नगरसभापति साह सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ११ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको