२० मंसिर २०८२, शनिबार | December 6, 2025

जुम्लामा कालोबजारी र म्याद गुज्रिएका खाद्यबस्तु बिक्री



जुम्ला । जुम्लाका व्यवसायीले मूल्य सूची नराखी सामान बेच्ने गरेका छन् । जस कारण पसलैपिच्छे उपभोग्य बस्तुको मूल्य फरक फरक भएको पाइएको छ । होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ताविना नै सञ्चालनमा रहेका भेटिएका छन् । साथै मिति नाघेको उपभोग्य बस्तु खुलेआम किनबेच भइरहँदा पनि स्थानीय सरकार र प्रशासनको ध्यान जान सकेको छैन ।

खुलेआम व्यापारीहरूले कालोबजारी र म्याद गुज्रिएको सामान बेच्ने गरेको भन्दै प्रशासनको कडा आलोचना भएपछि बल्ल बजार अनुगमन गरिएको छ ।सदरमुकाम खलंगाका ठूला व्यापारीले मिति सकिएको अखाद्य बस्तु गाउँका बजार र पसलमा पठाउने गरेको भेटिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार अधिकांश पसल दर्ता नभएको भेटिएको छ । दर्ता नभएका पसलबाट नै अखाद्य बस्तु बिक्री भइरहेकाले स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नु पर्नेमा उनले बताइन् ।

बजार अनुगमन समितिले पातारासी गाउँपालिकाका मुख्य बजारमा अनुगमन गर्दा स्टिम नुडल्स, चिसोपेय पदार्थसहित बस्तुको म्याद सकिएको भेटिएको थियो ।

जुम्लाका व्यापारी व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदील बताए ।

हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि काम गर्न सकिरहेको छैन । पसलमा ढकतराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्री वितरण गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ४४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय