१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जनप्रतिनिधिको धमाधम राजीनामा



तनहुँ । तनहुँका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै फेरि स्थानीय तहको जनप्रतिनिधिमा दोहोरिन चाहानेले राजिनामा दिईरहेका हुन् ।

११ र १२ वैशाखमा उम्मेद्वारको मनोनयन दर्ताको मिति निर्वाचन आयोगले तोकेको छ । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने सर्वोच्चले फैसला गरेसँगै जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् ।

शुक्लागण्डकी नगरपालिकाका १९ जना जनप्रतिनिधीले राजीनामा दिएका छन् । शुक्रबारसम्ममा राजीनामा दिनेमा पाँच जना वडाध्यक्ष पनि छन् । शुक्लागण्डकी-४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी-५ का दिर्घबहादुर थापा, ८ का कृष्णप्रसाद रेग्मी, १० का रामचन्द्र भण्डारी र १२ का वडाध्यक्ष मनराज गुरुङले राजीनामा दिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठ, थापा, रेग्मी, भण्डारी र गुरुङ फेरी वडाध्यक्षमै दोहोरिन चाहान्छन् । रेग्मी र भण्डारीले पाएसम्म उपमेयरमा पनि आकांक्षा देखाएका छन् ।

बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले पनि राजीनामा दिएका छन् । गाउँपालिकाको उपाध्यक्षका आकांक्षी उनले शुक्रबार गाउँपालिका अध्यक्ष पूर्णसिं थापासमक्ष राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ३५ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु