२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

काठमाडौंबाट साउदी अरेबियाको रियाद उडान शुरु



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले साउदी अरेबियाको रियादमा सिधा उडान शुरु गरेको छ ।

निगमको वाइड बडी ए ३३० जहाजले रियादमा उडान थालेको हो । गएराति उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत काठमाडौंबाट रियाद उडेका छन् ।

निगमका अध्यक्ष अधिकारीले विभिन्न बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान शुरु गरिएको बताए । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको नेतृत्व र मन्त्रालयको टिम तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा रियाद उडान सञ्चालन गर्न सफल भएकोमा सबैप्रति आधार प्रकट गरे ।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं-रियाद-काठमाडौं सातामा तीन उडान गर्नेछ ।

काठमाडौं-रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रुपैयाँ कायम गरिएको छ। निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताइन् । निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ ।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौं-रियाद एकतर्फी उडान अवधि ६ घण्टा १५ मिनेट र रियाद-काठमाडौं उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ ।

नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ३९ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला