२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला भत्काउने दाउमा



बुटवल । लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिकाको निर्वाचनमा मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् ।

२०७४ को निर्वाचनमा एमालले जितेको बुटवलको विरासत बचाउन एमालले अन्तिम कसरत गरिरहेको छ । उता गठबन्धनवाटै बुटवलको प्रमुख पद पाएको नेपाली कांग्रेस एमाले किल्ला तोड्ने दाउमा छ । तर दुबै दललाई आ आफ्ना चुनौती भने संग संगै छन् । नेकपा एमाललेलाई गठबन्धनको त्रास छ भने एमालेबाट फुटेर बनेको नेकपा एककिृत समाजवादीले बुटवलको विरासत जोगाउन चुनौती दिईरहेका छन् ।

गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीको गठबन्धनलाई चिरेर बुटवलमा नतिजा दोहोर्याउने दाउमा रहेको एमालेले उमेदवार छनोटलाई अन्तिम रुप दिन वाँकी छ । मजवुत गठबन्धन भएसंगै एकिकृत समाजवादीले काट्ने भोटले नतिजा तलमाथी हुने आंकलन गरिएको छ । २ हजार ३ सय ९४ मतले चुनाव जितेको एमालले बुटवलको नतिजा आफ्नो पक्षमा पार्न आक्रामक चुनावी शैली अपनाउने तयारी अघि बढाएको छ ।

त्यसो त गठबधन्धवाट बुटवलमा मेयर पाएको कांग्रेस आन्तरिक विवादमा फर्सेको छ । एकिकृत समाजवादीलाई उपमेयर दिएर चुनावी मैदानमा उत्रिने अन्तिम तयारीमा रहेको कांग्रेसलाई पार्टिका क्षेत्रिय सभापती हरि लम्सालको राजिनामा देखि नगर सभापती खेलराज पाण्डेको एकल सिफारिसले टाउको दुखाईको विषय बनेको छ । टिकट कसलाई दिने भन्ने विषय नटुगिंदै कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो । जसका कारण पनि कांग्रैसलाई बुटवलको चुनावी परिणामले झस्काएको छ ।

बुटवल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र तथा गृहनगर हो । सोही कारण एमालेलाई पनि बुटवल प्रतिष्ठाको विषय छ ।

कांग्रेसका क्षेत्रिय सभापती लम्सालको राजिनामा

बुटवल उपमहानगरपालिकाले मेयरको उमेदवार सिफारिस गर्ने क्रममा नगर सभापती खेलराज पाण्डेको मात्र नाम सिफारिस गर्यो । नगर समितिले गरेको सिफारिस क्षेत्रिय समितिलाई बुझाउनुको सट्टा जिल्लामा पढाईएको भन्दै क्षेत्रिय सभापती हरि लम्साल सहित कांग्रेसका १७ जना नेताले त्यसको विरुद्धमा कांग्रेसको प्रदेश र जिल्लामा विरोध पत्र बुझाए । त्यसको ती दिन पछि क्षेत्रिय सभापती लम्सालले नगरसमितिको पुर्वाग्रही सिफारिस तथा जिल्ला र केन्द्रले न्याय प्रदान नगरेको भन्दै पार्टिको साधारण सदस्य नरहने गरि राजिनामा बुझाए । उनि मेयर पदका आकाक्षी थिए । उनको राजिनामा संगै मेयरको उमेदवार खेलराज पाण्डे मात्र हुने कांग्रेसका कतिपय नेताले गरेका छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ४५ बजे

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित