२७ असार २०८३, शनिबार | July 11, 2026

नेपालमै विकास मोडलको चर्चा कमाएका तिलोत्तमाका मेयर बासुदेव घिमिरेलाई पत्याएन एमालेले



बुटवल । एमाले विभाजनसँगै एकीकृत समाजवादीमा जाने तयारी गरेका तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेलाई नगर प्रमुखमा पुनः दोहर्याउने आश्वासन दिएर एमाले मै रोक्न सकेको एमालेले अन्ततः बासुदेव घिमिरेलाई टिकट दिएन ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले ठुलै कसरत गरेर एमालेमा रोकिएका घिमिरेलाई उनका अधुरो काम पुरा गर्न पुनः तिलोत्तमाको मेयर बनाउने आश्वासन दिइएको भएपनि मनोनयनकै दिन घिमिरेले जिल्ल पार्दै केपी ओलीका विशेष व्यक्ति बन्न सकेका मोहन चापागाई तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवार बन्ने भएका छन् । विकासको मोडल प्रस्तुत गर्दै राष्ट्रिय स्तरमै चर्चा कमाउन सकेका घिमिरेको मेयर बनिरहने सपना आजैबाट सकिएको छ ।

माधव नेपाल र घनश्याम भुसालको निकट रहेर लामो समय राजनीति गरेपनि पछिल्लो समय क्याम्प परिवर्तन गर्दै घिमिरे विष्णु पौडेको क्याम्पमा पुगेका थिए । घिमिरेले गरेको विकासको मोडलको प्रशंसा गर्दै पौडेलले घिमिरेलाई पुनः मेयर बनाउने आश्वासन दिएको एमाले तिलोत्तमाका एक एमाले नेताले बताए ।

पार्टी बिभाजनका बेला एकआध माधव नेपालपक्षको बैठकमा सहभागी भएकी वर्तमान नगर उपप्रमुख जगेश्वरी देवी चौधरीलाई भने पुन उपप्रमुख मै दोहोर्याइएको छ ।

तिलोत्तमा नगरपालिकामा अघिल्लो स्थानीय निर्वाचनमा एमालेका जनप्रतिनिधीहरुले जितेर आई सकेपछि देशभरीका स्थानीय तहलाई उछिनेर चर्चामा आएको थियो ।

बिद्यार्थी राजनिती हुदै एमालेको राजनितीमा सक्रिय चापागाई राजनीतिसँगै पत्रकारीतामा पनि सक्रिय छन् । पत्रकारीतामा स्नातकोत्तर गरेका चापागाई ३० बर्ष देखि पत्रकारीतामा सम्लग्न छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देही साखाको अध्यक्ष, महासंघको केन्द्रिय सदस्य समेत भईसकेका चापागाई प्रेस चौतारी नेपालको रुपन्दही अध्यक्ष र केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पुरा गरी सकेका छन् । चापागाईं सामुदायिक रेडियो लुम्बिनीका पुर्व अध्यक्ष हुन भने हाल यसक्षेत्रको सबैभन्दा पुरानो पत्रिका दैनिक लुम्बिनीका अध्यक्ष हुन । उनी पत्रकार, राजनीतिसँगै सफल व्यवसायी पनि हुन् । साईन रेसुङ्गा विकास बैंकको संचालक समितिमा रहेका चापागाई स्काइभेटर, डोजर लगायतको कारोबार गर्छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा नेकपा एमालेका बासुदेव घिमिरले हालका गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्ण खांणलाई पराजित गर्दै नगर प्रमुख बनेका थिए ।

अघिल्लो चुनावमा नेपाली कांग्रेसले जनमुक्ति पार्टीसँग गठबन्धन गर्दा समेत नगर प्रमुखमा घिमिरेले झण्डै २ हजार ३०० मतान्तरले जितेका थिए ।

तिनवटा संघीय निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकाका वडा नं १ देखि ६ सम्मका वडा एमाले उपाध्यक्ष बिष्णु पौडेल निर्वाचित क्षेत्र नं २ मा पर्छ भने १३ र १४ नं वडा घनश्याम भुसाल निर्वाचित भएको निर्वाचन क्षेत्र नं ३ र बांकी रहेका ९ वटा वडा एमाले सचिव छविलाल बिश्वकर्मा निर्वाचित भएको क्षेत्र नं १ मा पर्दछ ।

टिकट पाउनु भएनन नी भन्ने खबरकुराको प्रश्नमा वर्तमान मेयर घिमिरेले पार्टी निर्णय स्विकार्नुको विकल्प नभएको बताए ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : १४ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका