२७ असार २०८३, शनिबार | July 11, 2026

रुपन्देहीमा एमालेका १६ पालिकाका उम्मेदवारको निर्णय, को कहाँ ?



बुटवल । एमालेले स्थानीयतह निर्वाचनका लागि रुपन्देहीका १६ वटै पालिकाहरुमा आफ्नो उम्मेदवारहरुको निर्णय गरेको छ । मनोनयन पत्र दर्ता गर्ने दिनमा गरिएको निर्णयमा सैनामैना नगरपालिकामा पुरानै नगर प्रमुखलाई पुनः उम्मेदवार बनाइएको छ भने लुम्बिनी सांस्कृतिक नगरमा मेयर।उपमेयर दुबै महिला उम्मेदवार प्रस्ताव गरिएको छ ।

एमालेका अनुसार पार्टीले बुटवल उपमहानगरमा बावुराम भट्टराई र सवित्रा आचार्य, सिद्धार्थनगरमा डा. रामप्रसाद बस्याल र उमा अधिकारी, तिलोत्तमा नगरमा मोहन चापागाई र जागेश्वरी चौधरी तथा सैनामैनामा चित्रबहादुर कार्की र विना रानालाई मेयर र उपमयेरमा उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरि देवदहमा ध्रुव प्रसाद खरेल र विद्यालक्ष्मी गुरुङ, लुम्बिनी सांस्कृतिक नगरमा रमावती यादव र कल्पना हरिजन, ओमसतिया गाँउपालिकामा मन्जितकुमार यादव र निर्मला कुमारी निषाद तथा रोहीणी गाँउपालिकामा सनोज कुमार यादव र बसन्ती पाण्डेलाई उम्मेदवार बनाउने भएको छ । देवदहकी उम्मेदवार विद्यालक्ष्मी बहालवाला उपमेयर नै हुन् भने लुमिबनी सांस्कृतिक नगरमा दुबै महिला एमालेले बनाएको छ ।

एमालेले मायादेबीमा लाला लौध र सन्नु चाई, मर्चवारीमा कमलेस यादव र विन्द्रावती गौड, सम्मरीमाईमा मुस्लिम खाँ र पिंकला लोध, कोटहीमाईमा श्यामसुन्दर यादव र माया साहनी, गैडहवामा सुरेन्द्र पौडेल र मन्जु रिजाल, कञ्चनमा गोकर्णबहादुर क्षेत्री र गोमा तरामु, शुद्धोदनमा किशुनचन्द्र चौधरी र शान्तादेवी ज्ञवाली तथा सियारीमा अयोध्या थारु र अमृता गुरुङलाई उम्मेदवार बनाउने भएको छ । एमालेले बुटवल उपमहानगरमा जनमुक्ति पार्टीसँग गठबन्धन गरेपनि अन्य पालिकाहरुमा एक्लै लड्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : १४ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका