३१ श्रावण २०८३, आइतबार | August 16, 2026

संविधान दिवस भव्य रूपमा मनाउने एमाले रुपन्देहीको तयारी



बुटवल । नेकपा एमाले रुपन्देहीले यस वर्षको संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । बिहीबार बुटवलमा बसेको जिल्ला सचिवालय बैठकले विगतका वर्षझैं शुक्रबार संविधान दिवसलाई विशेष समारोहका साथ मनाउने निर्णय गरेको हो ।

कार्यक्रम बुटवलको सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा बिहान ८ बजे सुरु हुनेछ । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।

बैठक एमाले पोलिटब्युरो सदस्य लीला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै, आन्दोलनका क्रममा सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, निजी आवास र राजनीतिक दलका कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाट घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषी पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । रुपन्देहीमै पाँच दर्जनभन्दा बढी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट हुनुका साथै, दर्जनौँ सवारी साधन पनि क्षतिग्रस्त भएका थिए ।

बैठकमा सहभागी नेताहरूले जिल्लास्थित सबै पालिका कमिटी र जनसङ्गठनहरूले बैठक बसेर घटनाको समीक्षा गर्न र पार्टीलाई सुझाव दिन निर्देशन दिएका छन् ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षतामा बसेको बैठकमा सचिवालय सदस्यहरूले घटनाको समीक्षा गर्दै आगामी दिनमा पार्टीको रणनीति र भूमिकाबारे सुझाव दिएका थिए ।

प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलका अनुसार, भदौ २४ पछि उत्पन्न परिस्थिति र पार्टीले भोग्नुपरेको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा बैठकमा व्यापक छलफल भएको थियो ।

बैठकमा एमाले पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य शिव सुबेदी, सावित्रा अर्याल, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोज प्रसाद श्रेष्ठलगायत नेताहरूले सहभागी हुँदै पार्टीलाई अझ एकताबद्ध बनाएर नागरिकका पक्षमा सशक्त आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : १२ बजे

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन