२ चैत्र २०८२, सोमबार | March 16, 2026

खेलाडी संघमा विक्रम लामा सर्वसम्मत



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत रहेको खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन भएका छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गरे ।

यस्तै, विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहिच चन्द र विशाल श्रेष्ठ सर्वसम्मत चुनिए ।

११ सदस्यीय कार्यसमितिमा भने महिला खेलाडीको नाम अटाएको छैन । महिला खेलाडीले उम्मेदवारी दर्ता नगराएकाले मनोनीतबाट तानिने नवनिर्वाचित अध्यक्ष लामाले न्युज कारखानासँग बताए ।

अध्यक्षमा सर्वसम्मत चुनिएका लामाले खेलाडीको हकहितका लागि काम गर्ने बताएका छन् ।

यसअघि प्रशिक्षक संघमा सर्वसम्मतबाट राजेन्द्र तामाङ आएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ३६ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन