२९ भदौ २०८३, सोमबार | September 14, 2026

खेलाडी मिलन श्रेष्ठको सम्झनामा टेबलटेनिस प्रतियोगिता हुने



काठमाडौं । पूर्वराष्ट्रिय टेबलटेनिस खेलाडी मिलन श्रेष्ठको सम्झनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ ।

आइतबार आयोजक स्पिन इभेन्ट्स प्रालिले पत्रकार सम्मेलन गर्दै ७ देखि ९ जेठसम्म प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जनाएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता रहनेछ ।

प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

जुनियर ब्वाइज र गर्ल्स तथा क्याडेट ब्वाइज र गर्ल्सको विजेताले क्रमशः २० हजार, दोस्रोले १० हजार र सेमिफाइनल पुग्नेले पाँच हजार रुपैयाँ पाउनेछन् । यस्तै, १२ वर्षमुनि ब्वाइज सिंगल्स र गर्ल्स सिंगल्स तथा भेट्रानतर्फको विजेताले १० हजार दोस्रोले पाँच हजार र सेमिफाइनल पुग्नेले २५ सय पाउने छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ०२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ