१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

न्यु होराईजनलाई टेबलटेनिसको उपाधि, गार्गी दोस्रो



बुटवल । स्वर्गिय कृष्णदेवि बज्राचार्य स्मृति जिल्ला स्तरिय अन्तरमावि टेबलटेनिस प्रतियोगिता २०७८ को उपाधि न्यु होराईजन स्कुलले चुमेको छ । लियो क्लब अफ बुटवलको आयोजनामा बुटवल टेबलटेनिस एकेडेमी देविनगरमा सोमबार भएको प्रतियोगितामा न्यु होराईजनले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक सहित उपाधी हात पारेको हो ।

प्रतियोगितामा २ स्वर्ण, २ कास्यसहित गार्गी दोस्रो तथा १ स्वर्ण १ कास्य र १ रजत पदक सहित ज्ञानोदय मावि तेस्रो भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी गल्र्समा न्यु होराईजनकी प्रकृति राना, ब्वाईजतर्फ गार्गीका प्रिन्स थापा, राईजिङ प्लेयर स्मृतिका कृशल देवकोटा, दिपकी प्रनिता केसी, बेष्ट डिसिप्लिन अवार्डबाट कान्ति मावि पुरस्कृत भएको छ ।

ब्यायजतर्फ कक्षा १ देखि ५ मा सगरमाथाका सनम थापाले दीपका गुल्सन धवललाइ ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारे । यसैगरि दीपका सचिन पुरी र लुम्बिनीका सुलभ न्यौपाने तेस्रो भए । यसैगरि कक्षा ६ देखि ८ तर्फ गार्गीका रितिम गुरुङले ज्ञानोदयका हेमन्त केसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । न्यु होराईजनका सौरभ खड्का र सौरभ ज्ञवाली तेस्रो भए ।

ब्यायजतर्फ कक्षा ९ देखि १२ तर्फ गार्गीका प्रिन्स थापाले होराईजनका प्रवेश बस्नेतलाई ४–१ को सेटमा पराजित गर्दै उपाधि हात पारे । खेलमा गार्गीका रितिम गुरुङ र न्यु होराईजनका रबिन सुनारी तेस्रो भए । डबल्सतर्फ न्यु होराईजनका प्रवेश बस्नेत र रबिन सुनारीको जोडीले गार्गिका रितिम थापा र प्रिन्स थापाको जोडीलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारे । यसैगरि दीपका विश्व सुनार र सैलेश क्षेत्रीको जोडी तथा ज्ञानोदयका हेमन्त केसी र गौतम आचार्यको जोडी तेस्रो भए ।

यसैगरि गल्र्स कक्षा १ देखि ५ सम्मको खेलमा एपेक्सकी रोशनी भण्डारीले उपाधि हात पारिन । उनले दीपकी प्रनिता गिरिलाई ३–१ को सेटमा पराजित गरिन । स्मृतिकी रिया चौधरी र सगरमाथाकी सुचना सुनार तेस्रो भईन । गल्र्स ६ देखि ८ कक्षासम्मको खेलमा ज्ञानोदयकी सिमरन राना प्रथम भईन । उनले एपेक्सकी निकिसा खरेललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारिन । लुम्बिनीकी एन्जिला पुन र निसा खवास तेस्रो भईन ।

गल्स ९ देखि १२ कक्षातर्फ न्यु होराइजनकी प्रकृति राना प्रथम भईन । उनले न्यु होराईजनकै दिपिका लामालाई ३–० को सोझो सेटमा पराजित गरेकि थिईन । यसैगरि दीपकी सचिता पुरी र न्यु होराईजनकी सबिना शाही तेस्रो भए । गल्र्स डबल्सतर्फ न्यु होराईजनको प्रकृति राना र सेविका गिरिको जोडिले न्यु होराईजनकै दिपिका लामा र सविना शाहको जोडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । स्मृतिका निरुता ज्ञवाली र रिया चौधरी तथा दीपका सचिना पुरी र अनुष्का भण्डारीको जोडी तेस्रो भए ।

विजयी तथा उपविजेता खेलाडी तथा टिमलाई एक कार्यक्रममा बिच संघका वरिष्ठ सल्लाहकार अर्जुनमान सैजु, जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका प्रदेश अध्यक्ष विष्णु ढकाल, संघका उपाध्यक्ष नर बहादुर क्षेत्री, क्लबका अध्यक्ष रमेश न्यौपाने, टेबलटेनिस लेभल २ प्रशिक्षक महेश खनाल, संयोजक गणेश न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा वरिष्ठ सल्लाहकार सैजुले टेबलटेनिसको खेलाडी उत्पादन गर्ने उर्वरभुमि बनेको बताए ।

समाजसेवी सुरेशरत्न बज्राचार्यले आफ्नो स्वर्गीय माता कृष्णदेवि बज्राचार्यको स्मृतिमा प्रतियोगितालाई आर्थिक सहयोग गरेका थिए । बज्राचार्यले अक्षयकोषलाई थप नगद १५ हजार रुपैया समेत सहयोग गर्ने घोषणा गरेका छन । प्रतियोगिता रुपन्देहीका २५ विद्यालयका करिब ३ सय ५० बढि खेलाडीहरु भाग लिएका थिए ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ०१ बजे

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा