२७ असार २०८३, शनिबार | July 11, 2026

कांग्रेस घोषणापत्रमा ओली सरकारमाथि लगाइएका १४ आरोप



काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि १४ वटा आरोप लगाएको छ ।

घोषणापत्रमा कांग्रेसले ओली अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात रहेको जनाएको छ । ओलीले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण गरेको आरोप कांग्रेसको छ ।

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थागत गर्न खोजेको अधिनायकवादी तथा सर्वसत्तावादी प्रणालीका लागि जनताका नैसर्गिक अधिकार र राजनीतिक स्वतन्त्रता सबैभन्दा प्रमुख अवरोधक थिए । त्यसैले प्रधानमन्त्रीको शपथग्रहण गर्नासाथ स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको प्रतीक र प्रतिविम्व माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेर अधिनायकवादी शासनको सूत्रपात गर्ने धृष्टता गरिएको थियो,’ घोषणापत्रमा उल्लेख छ ।

ओली नेतृत्वको सरकार सङ्घीयता विरोधी एकात्मक र नियन्त्रणकारी भएको कांग्रेसको ठहर छ ।

करिव ४२ महिनाको अवधिसम्म पनि सङ्घीय प्रणालीको भावना अनुरूप राज्य सञ्चालन नगरेको मात्रै होइन, प्रदेशको नाम र राजधानीका बारेमा समेत प्रदेश सभालाई हुकुमप्रमांगी शैलीमा आदेश जारी गरेपछि ओलीको सङ्घीयताप्रतिको वास्तविक अनुहार पर्दाफास भएको कांग्रेसले जनाएको छ ।

ओलीले संवैधानिक निकायलाई कम्युनिस्टकरण गरेको निस्कर्ष कांग्रेसको छ । घोषणापत्रमा भनिएको छ, ‘सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार माध्यमले तीव्र आलोचना गर्दा गर्दै विवादास्पद संवैधानिक परिषदसम्बन्धी अध्यादेशको आधारमा नियुक्ति गरेर संवैधानिक निकायलाई नेकपाको भर्तीकेन्द्र बनाइएको थियो ।’

संविधानको भावना तथा नेपाली नागरिकको चाहना विपरीत नागरिकतासम्बन्धी अत्यन्त अनुदारवादी र विभेदकारी विधयेक ओली सरकारले दर्ता गरेको कुरालाई पनि घोषणापत्रमा समेटिएको छ ।

ओली सरकारको पालामा देशमा कुशासन र भ्रष्टाचार व्यापक रुपमा बढेको आरोप कांग्रेसको छ । ‘वाइडबडी जहाज, सेक्युरिटी प्रेस सम्बन्धमा ७२ करोड कमिशन, ओम्नी, यतीलगायत भ्रष्टाचार र अनियमितताको लामो फेहरिस्त छ,’ कांग्रेसले भनेको छ ।

ओली सरकारले सार्वजनिक सम्पत्तिको लुटलाई पनि प्रशय दिएको आरोप कांग्रेसको छ । त्यतिमात्र होइन साँस्कृतिक अधिकार हनन गरी गुठीको जमीन भूमाफियाकरण गरेको समेत घोषणापत्रमा जनाइएको छ ।

ओली सरकारले महामारीमा समेत कमिशन र भ्रष्टाचारलाई प्रशय दिएको ठहर कांग्रेसेको छ ।

ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र गरेको पनि कांग्रेसको निस्कर्ष छ । ओलीले उत्ताउला ‘विकास’लाई प्राथमिकता दिएको आरोप कांग्रेसको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ३१ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका