२७ असार २०८३, शनिबार | July 11, 2026

बुटवलमा तोडियो गठबन्धन जसपाबाट मेयर र उपमेयर दुबैमा उम्मेदवारी



बुटवल । पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने केन्द्रीय निर्णय विपरित बुटवलमा गठबन्धन भित्रको जनता समाजवादी पार्टी (जसपा)ले नगर प्रमुख र उप प्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । केन्द्रीय निर्णय अनुसार देशैभर गठबन्धन गर्ने भनिएपनि बुटवलमा जसपाले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।

मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएपनि वडाहरुमा भने उम्मेदवारी दर्ता गराईएको छैन । भोलि सम्ममा वडाहरुमा पनि उम्मेदवारी दर्ता हुने सो पार्टीले जनाएको छ ।

राजपाबाट बुटवल उपमहानगरमा मेयर पदमा ३८ वर्षिय युवा उम्मेदवार सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन भित्रका ठुला दलहरुले बेवास्ता गरेपछि बाध्य भएर उम्मेदवारी दिन परेको जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज कमल खनालले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ०२ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका