१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पत्रकार मोहन चापागाईं एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरमा भिड्दै



बुटवल । नेपालमै विकास मोडलको चर्चा पाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेको विरासत जोगाउने जिम्मा पाएका छन् पत्रकार मोहन चापागाईंले । २०४६ सालको जनआन्दोलनमा अखिलको मोर्चा सम्हाल्दै राजनीतिमा हाम्फालेका चापागाईंलाई पार्टीले २०७९ साल लाग्दै गर्दा स्थानीय तहको मोर्चामा खटाएको छ ।

सडक आन्दोलनबाटै हिरो बन्न सफल चापागाईंलाई आन्दोलनको मोर्चाले नै नेता बनाएको हो । ०४६ को आन्दोलनमा तत्कालिन शंकरनगर-आनन्दवन क्षेत्रको मोर्चा सम्हालेका चापागाईं त्यस यता राजनीतिमा कहिल्यै थकाई मारेनन् । त्यतिबेलाको प्रहरी दमन र पक्राउ नै उनका लागि अगाडी बढ्ने बाटो बनेको थियो ।

दुर्गादत्त उच्च माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरू गरेका चापागाईं १६ वर्षकै उमेरमा २०४६ सालमा अनेरास्ववियु रूपन्देहीको सदस्य भइसकेका थिए । पछि अनेरास्ववियुबाट बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति बनेका थिए । विद्यार्थीकालमा नै लेख्न रुचाउने चापागाईं राजनीतिसँगै पत्रकारीतापनि गर्न थालेका थिए । पञ्चायत विरोधी संघर्षमा विद्यार्थी, शिक्षक र कर्मचारीहरुले नै राजनीति गर्थे र उनीहरुले नै समाचार लेख्थे । व्यवस्था विरोधी समाचार लेख छपाए वापत तत्कालिन सरकारको निशाना शिक्षक र विद्यार्थीनै हुने गर्दथ्यो । त्यस्तै स्कुसलङबाट ३० वर्षदेखि पत्रकारितामा संलग्न रहँदै आएका व्यक्ति हुन् मोहन चापागाईं ।

हाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी इन्चार्ज रहेका चापागाईं प्रेस चौतारी रुपन्देहीको अध्यक्ष, केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बने । रेडियो लुम्बिनी स्थापनाकालमा उनी कार्यकारी निर्देशक बनेका थिए । त्यस्तै उनी सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को अध्यक्ष समेत भए । त्यतिबेला भूकम्पका कारण क्षति व्यहोरेका देशभरका सामुदायिक रेडियोहरुको समस्या संबोधन गर्न उनले पहलकदमी लिएका थिए ।

२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईंलाई सञ्चारविज्ञको रुपमा नियुक्त गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि उनले पार्टीको तिलोत्तमा नगर कमिटीको अध्यक्ष भए भने जिल्ला प्रचार विभाग प्रमुख बने ।

उनी तिलोत्तमा नगर कमिटीको नेतृत्वमा आएसँगै पार्टी एकतापछि कमजोर र लथालिङ्ग बनेको संगठनलाई सुदृढ बनाउन मुख्य भूमिका खेलेको एमाले नेताहरु बताउँछन् । पार्टीमा उनी कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोही अनुसार योजना निर्माण गर्ने क्षमता राख्ने नेतामा पर्छन्।

चापागाईं अहिले बुटवलबाट प्रकाशित सबैभन्दा पुरानो पत्रिका दैनिक लुम्बिनीको अध्यक्ष छन् । चापागाईं राजनीतिसँगै यवसायमा पनि सफल देखिन्छन् । निर्माण सामाग्रीका विक्रेताको अनुभव संगालेका उनी बैंकर्श पनि हुन् । नेपालमै चर्चामा रहेको साईन रेसुङ्गा विकास बैंकका संचालक पनि हुन् मोहन चापागाईं ।

चापागाईं उम्मेदवार बनेको तिलोत्तमा नगरपालिका स्थानीय तहमा दुई वर्षसम्म लगातार उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । अघिल्लो निर्वाचनमा बासुदेव घिमिरेले थालेका धेरै विकास निर्माणका कामहरु पुरा गर्नु चुनाव जित्न सके चापागाईंको काँधमा आउने छ । वर्तमान मेयरले थालेका लोकप्रिय कामहरुलाई घिमिरेकै रफ्तारमा गतिदिनु चापागाईंका लागि चुनौती नै हुने छ ।

यस्तो थियो ०७४ को चुनावी परिणाम

अघिल्लो निर्वाचनमा एमालेले नेपाली कांग्रेस र जनमुक्ति पार्टीबीचको गठबन्धनसँग एक्लै चुनाव लडेको थियो । अघिल्लो निर्वाचनमा एमालेका वासुदेव घिमिरेले कांग्रेसका रामकृष्ण खाणलाई झण्डै २ हजार ३ सय मतान्तरले जितेका थिए । मेयरमा घिमिरेले १९ हजार ८४ मत ल्याउँदा खाणले १६ हजार २ सय ६४ मत प्राप्त गरेका थिए ।

उपमेयरमा जगेश्वरदेवी चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् । एमालेले उपमेयरमा चौधरीलाई नै दोहोर्‍याएको छ ।

२०७४ को निर्वाचनमा तिलोत्तमाका १७ वटा वडामध्ये वडा नंं ९, १०, १६ र १७ काँग्रेस-जनमुक्ति गठबन्धनले जितेको थियो भने अरू १३ वटा वडा एमालेले जितेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७१ हजार ७४ मतदाता रहेको तिलोत्तमामा यस पटक भने १४ हजार ६ सय ७३ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय रूपन्देहीका अनुसार हाल तिलोत्तमा नगरपालिकाको मतदाता संख्या ८५ हजार ७ सय ४७ छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : १६ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष