१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँट



बागलुङ । बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् ।

सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।

कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख तथा काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताइन ।

माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । त्यसैगरी राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ ।

बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेदवारी दिने छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओवादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ । नेकपा एकीकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने शर्माले बताइन ।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको उनले जानकारी दिए । वडाध्यक्ष तथा वडासदस्यको बाँडफाँट पनि भएको छ । जिल्ला समन्वय समितिसमेत बाँडफाँट गरेपछि गठबन्धनको बैठक निष्कर्षमा पुगेको हो ।

जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने सहमति भएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ३४ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको