२७ असार २०८३, शनिबार | July 11, 2026

६० प्रतिशत ठाउँमा गठबन्धन गर्न सफल : माओवादी



काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन् ।

सोमवार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताए ।

महराले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि दाबी गरे । सोमबार बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकीसम्ममा कुरा मिल्ने उनले बताए । प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जानेगरी सहमती हुने उल्लेख गरे । उनले भने, – ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा हामीले मोरदेन ६० प्रतिशत जति गठबन्धन सफल भएको छ । बाँकी केही काममा अलिकति मिलेका छैनन् । पार्टी भित्रपनि मिलेको छैन, पार्टी पार्टीको बीचमा पनि मिलेको छैन । केही प्रक्रिया अझपनि जारी छ । यो मिल्नेक्रम बेलुकीसम्म अगाडी बढ्छ । आजमात्र होइन, १६ गतेसम्म मनोनयन फिर्ताको कार्यक्रम छ । मिल्ने क्रम जारी रहन्छ । जुन उद्देश्यमा आधारित भएर गठबन्धन बनेको थियो, प्रतिगमनको विरुद्धमा अग्रगमनको पक्षमा, संविधानलाई जोगाउनको निमित्त यो गठबन्धन सुरु भएको छ । यो सफल भएको छ । मैले यहाँहरुलाई सफलताको शन्देश दिन चाहान्छु । अब अझ अगाडी बढ्दै जान्छ ।’

प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताए । उनले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताए । उनले भने, – ‘हामीले अपिल जारी गरेका छौँ र के भनेका छौँ भने केन्द्रीय स्तरबाट भन्दा स्थानीयस्तरबाटै घोषणा पत्र आफ्नो विशेषतामा निकाल्ने भनेका छौँ । विशेषतामा आधारित भएर आ–आफ्नो स्थानीय निकायले घोषणा पत्र निकाल्ने छन् । हामीले स्थानीय निकायलाई अलि शक्तिशाली बनाउने भनेकै हो । त्यो प्रक्रिया सुरु भएकै छ । हामी सकेसम्म केन्द्रीकृत शक्तिलाई विकेन्द्रीत गर्ने त्यसकारण हामीले त्यो अधिकार तल दिन चाहान्छौँ ।’

महराले नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेशको लहर चलेको बताए । गठबन्धनका दलहरुकाबीचमा सहमति नभएपनि गठबन्धनका दलहरुले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने गठबन्धनको निर्णय अनुसार अघि बढ्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ५८ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका