१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

व्यासमा माओवादीका न्यौपाने र सुर्खालीको मनोनयन दर्ता



तनहुँ । व्यास नगरपालिकाको मेयर र उपमेयरमा ठुला दलको पनि मनोनयन दर्ता सुरु भएको छ । केहीबेर अगाडि माओवादी केन्द्रबाट मेयरमा अतिन्द्रकेशरी न्यौपाने र उपमेयरमा देवा सुर्खालीले मनोनयन दर्ता गराएका छन् ।

व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसमेत हुन् ।

नेकपा एमाले र गोविन्दराज जोशी समूहबाट मेयर र उपमेयर दुवै उम्मेद्वारले मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । मेयरमा जोशीपुत्र दिपकराज जोशीले र उपमेयरमा नेकपा एमालेकी बसुन्धरा घर्तीले मनोनयन दर्ता गराउँदै छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वार पनि मनोनयन दर्ता गर्नलाई दर्तास्थलमा पुगेका छन् । एकीकृत समाजवादीबाट मेयरमा शंकरनारायण श्रेष्ठ र उपमेयरमा मनुमाया श्रेष्ठले उम्मेद्वारी दिनेछन् ।

कांग्रेसबाट हालका मेयर बैकुण्ठ न्यौपानेले मेयर र इन्दिरा दरैले उपमेयरमा उम्मेद्वारी दिनेछन् ।

आइतबार पनि व्यास नगरपालिकामा मेयरमा मात्र तीन जनाको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट पार्वती कार्की, विवेकशील साझाबाट रमेशप्रसाद आचार्य र मङ्गोल नेशनलबाट अनिता थापा मगरको उम्मेदवारी परेको छ । उपप्रमुखमा मंगोल नेशनलबाट अर्गनाइजेशनबाट श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुको उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ५७ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन