६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

सिद्धबाबा हस्पिटलले १०० बेडको आफ्नै अस्पताल बनाउने



बुटवल । बुटवलमा रहेको सिद्धबाबा हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले अबको एक बर्षमा १०० बेडको आफ्नै जग्गामा अस्पताल सञ्चालनको तयारी गरेको छ ।

स्थापना भएको ४ बर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. दिपेश प्रधानले अबको केही महिनामा जग्गा व्यवस्थापन काम सम्पन्न गरी आफ्नै भवनमा अस्पताल सञ्चालन हुने जानकारी दिए ।

हाल बुटवलको सुख्खानगरमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै गर्दा अस्पताल सानो भएको भन्दै उनले योगीकुटी देखि मणिग्राम सम्म को क्षेत्रमा करिव १६ कठ्ठा क्षेत्रफल जग्गा व्यवस्थापन गरी अस्पताल सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

यो क्षेत्रम नीजि अस्पताल तथा क्लिनीकहरुमा भन्दा शुलभ दरमा सेवा प्रदान गर्दै आएको अस्पतालले ४ बर्षमा आकस्मिक सेवा तर्फ ५ हजार २ सय ६२ जनालाई सेवा प्रदान गरेको छ । यस्तै ओपिडी तर्फ ९० हजार २ सय ८३ जनालाई भन्दा बढिलाई सेवा प्रदान गरिएको अस्पतालका प्रबन्धक प्रकाश न्यौपानले जानकारी दिए ।

हाल चौथौ बर्ष पुरा गरी पाचौ बर्षमा प्रवेश गरेको अवसरमा ओपीडी तर्फ मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, दम, छाति तथा फोक्सोरोग विशेषज्ञ, स्नायु तथा मस्तिस्करोग विशेषज्ञ मा निःशुल्क प्रदान समेत गर्ने भएको छ । यहिा बैशाख १४ गते सम्म यो सेवा प्रदान गरिने व्यवस्थापक न्यौपानले जानकारी दिए । अस्पतालमा हाल १२ प्रकार्को विशेषज्ञ सेवा सहित १४ प्रकृतिको अन्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले हाल ओपीडी तर्फ २ सय रुपैयाँ र ईमेरेजन्सी तर्फ ३ सय ५० रुपैयाँ मात्रै सेवा शुल्क(टिकट) व्यवस्था गरेको छ । जुन यो क्षेत्रमा अन्य मेडिकल, हस्पतालको भन्दा सस्तो हो । यस्तै बार्षिक उत्सवको अवसरमा विरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा सेवाको लागि आएका विरामीहरुको लागि स्वाथ्यबद्र्ध फलफुल वितरण गरिएको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ४५ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको