१ चैत्र २०८२, आइतबार | March 16, 2026

तिलोत्तमामा कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ठुलो संख्यामा युवाहरु एमालेमा प्रवेश



बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ठुलो संख्यामा युवाहरु एमालेमा प्रवेश गरेका छन् । गठबन्धनको भविष्य नरहेको र समृद्धि नेपाल निर्माण एमालेले मात्र गर्न सक्ने भन्दै सिमानगर र सुनौलो नगरका पृथ्वी थापा सहितको ५० भन्दा बढि युवाको समुह एमालेमा प्रवेश गरेका हुन ।

उनीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुखका उम्मेदवार मोहन चापागाई, एमाले तिलोत्तमा नगरकमिटिका सचिव मिन प्रसाद पोखरेल, एमाले तिलोत्तमा वडा नंं ३ शाखा कमिटि अध्यक्ष तोलाकान्त भण्डारीले पार्टीमा स्वागत गरेका हुन ।

सो अवसरमा बोल्दै नगरप्रमुखका उम्मेदवार चापागाईले निर्वाचन पछि युवाहरुलाई रोजगार संग जोड्ने र स्वरोजगार बनाउने योजनामा आबद्ध गराउने बताए । उनले युवाहरुलाई विकासका काम संग जोड्दा प्रतिफल राम्रो आउने भन्दै युवाहरुलाई नगरभित्रै आयमुलक काममा लगाउन आफुले भुमिका खेल्ने बताए ।

एमाले तिलोत्तमा नगर कमिटि सचिव मिन प्रसाद पोखरेलले तिलोत्तमाको विकासमा युवाहरुलाई संगसंगै लगेर जाने बताए ।

त्यस्तै नगर कमिटि सदस्य तथा वडा नं. ३ का सह ईन्चार्ज भुमि प्रसाद सापकोटाले युवाहरु देशका कर्णधार भएकाले उनीहरुलाई समाजसंग जोड्ने गरी एमालेले योजना ल्याउने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका युवा संघ नेपालका ईन्चार्ज दिपेश कंडेल, एमालेका नेता कमल पौडेल, कृष्णलाल भुसाल, वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार घनश्याम पौडेल (रामु), सदस्यहरु युवराज पराजुली, रुकप्रसाद अधिकारी, शारदा भण्डारी र लक्ष्मी घिलेको सहभागिता रहेको थियो । कार्यक्रम शाखा कमिटि सचिव दिपक भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ५५ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन