२२ भदौ २०८३, सोमबार | September 7, 2026

रुपन्देहीमा २३ सय ७७ जनाद्वारा उम्मेदवारी दर्ता



बुटवल । स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा २३ सय ७७ जनाले सोमबार मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १६ वटा पालिकामा उक्त संख्यामा मनोनयन परेको हो । जसअनुसार एउटा उपमहानगरपालिका र पाँचवटा नगरपालिका रहेको रुपन्देहीमा ४३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपमेयर पदमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । त्यस्तै १० वटा गाउँपालिका रहेको रुपन्देहीमा अध्यक्ष पदमा ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी वडाअध्यक्ष पदमा ५३० जना, महिला सदस्यमा ४१५, दलित महिला सदस्यमा ३५४ र अन्य सदस्यमा ८७७ जनाले उम्मेदवारी दर्ता गराएको भण्डारीले जानकारी दिए ।

गठबन्धनभित्रको असन्तुष्टीले केही पालिकामा भने गठबन्धनभित्रैका दलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले सम्मानजनक स्थान नदिएकाले गठबन्धनभित्र मतभेद रहेको स्वीकार गरे । तिलोत्तमा नगरपालिकामा नेकपा एकीकृत समाजवादी गठबन्धनबाट अलग भएर मेयर, उपमेयरमा छुट्टै उम्मेदवारी दिएको छ । उसले मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा सन्दिप भण्डारीलाई उम्मेदवार बनाएको छ ।

बुटवलमा जनता समाजवादी पार्टीले मेयर उपमेयरमा अलग्गै उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ताका लागि दलहरु स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ४० बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा