६ मंसिर २०८३, आइतबार | November 22, 2026

सुरक्षित बन्दै नेपाली आकाश, सुरक्षा दर ३ प्रतिशतले वृद्धि



काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ ।

नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले आईकाओको अडिट टोलीले हालै गरेको एयर सेफ्टी अडिटबाट औसतभन्दा ३ प्रतिशत वृद्धि गर्दै नेपालको आकाश सुरक्षित रहेको सन्देश दिन सफल भएको बताए । ‘आईकाओले गरेको नेपालको एयर सेफ्टी अडिटमा विश्वव्यापी औसत दरभन्दा बढी प्रगति गरेको छ । यसले नेपालको आकाश सुरक्षित रहेको र हवाई पूर्वाधारमा प्रगति गरेको सन्देश दिन्छ, यो प्राधिकरणका लागि मात्रै हैन देशकै लागि महत्वपूर्ण उपलब्धि हो,’ महानिर्देशक अधिकारीले भने ।

सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार आजको मितिमा एशिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेको छ । नेपालले दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७० भन्दा बढी कायम गर्न सफल भएको हो। यसअघि नेपालको परिपालना दर ६७.०२ प्रतिशत थियो  ।

हवाइ सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्याङ्कन गर्दै आईकाओको अडिट टोलीले नेपालको सुरक्षा स्कोर बढाएको महानिर्देशक अधिकारीले बताए। आईकाओको १० सदस्यीय सम्परीक्षण टोलीले यही अप्रिल १३ देखि २५ सम्म अडिट गरेको थियो । सम्परीक्षणको क्रममा आठ क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामक निकायको हैसियतमा पालना गरे/गराएका कार्य र तिनको विस्तृत प्रगति सम्बन्धमा जाँच गरिएको थियो ।

आफ्ना १९३ सदस्य राष्ट्रको उडान सुरक्षा निगरानीको स्तर मापन गरी निरन्तर सुधारमा टेवा दिने उद्देश्यले आईकाओले निरन्तर निगरानीको सिद्धान्त अवलम्बन गर्दै अडिट कार्यक्रम लागू गर्दै आएको छ । सन् २००९ मा सबै आठ क्षेत्रको सम्परीक्षण गरे पश्चातन सन् २०१३, २०१६, तथा २०१७ मा सम्परीक्षण दर ६६.७६ रहेकामा सन् २०२२ को अडिटको प्रारम्भिक नतिजाअनुसार कूल परिपालना दर ७०.१ प्रतिशत कायम भएको छ ।

नेपालमा सम्परीक्षणका क्षेत्रमा कानूनी, संस्थागत, व्यक्तिगत लाइसेन्स, उडान अप्रेशन, एयरओर्दिनेस, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड हयान्डलिङ र दुर्घटना अनुसन्धान छन् । यि आठ विषयमा आईकाओले अडिट गर्दै आएको छ ।

आईकाओको सूचीमा माथि उक्लिए पनि युरोपेली सङ्घको सुरक्षा सूचीबाट नेपालमाथि गरिएको हवाई प्रतिबन्ध हटेको छैन । नेपालको यो प्रगतीले आगामी दिनमा सकारात्मक सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । विसं २०७० मंसीरदेखि युरोपियन युनियनले हवाई सुरक्षा संवेदनशीलता जनाउँदै नेपाली जहाजलाई युरोपको आकासमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ४९ बजे

Your email address will not be published.

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

कर्णाली । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल

एसिया कप राइजिङ स्टार्स : नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु । यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट

पाँचथरको चाररातेमा पर्यटकको घुइँचो

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो