१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भने का थियो ?’ उनको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडी रहेकी छिन् । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन् ।

दीपक गिरीले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेलीले अभिनय गरेका छन् । सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘दैलो खोलिदियौ आधा रातमा आउने भन को थियो ?, को थियो ?’, ‘वाचा बन्धन यता थियो सँगै बाँच्ने, सँगै मर्ने’, ‘म चितामा जलिरहेँ सोधिरह्यो आगोले निर्माेही सोधीरह्यो आगोले’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’मार्फत् भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदूर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । निर्माण समूहले नयाँ म्युजिक भिडियोलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोतालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ४५ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास