२७ असार २०८३, शनिबार | July 12, 2026

तातो हावा ‘लु’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ९लु०बाट जोगिन आग्रह गरेको छ ।

गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ ।

बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन भनिएको छ ।

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ३ : ३८ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका