१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

केपी ओलीलाई विश्वप्रकाशको जवाफ : मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको गफ दिन कांग्रेसलाई आएन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।

उनले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरुमात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै एमालेले जस्तो हावादारी घोषणापत्र तयार गर्न नसकिएको टिप्पणी गरेका छन् ।

उनले एमाले घोषणापत्रलाई उडन्ते गफ जस्तो हावामा उडिरहने भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन् , ‘जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ ! जमिनमा टेकेर गर्न सकिने कामहरूझ मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्देय केपी शर्मा ओली लाई मन परेन ठिकै छ। तर कम्तिमा बिषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई !’

शर्माले एमाले अध्यक्ष ओलीले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरुको गफको पुलिन्दाको संज्ञा दिए ।

‘मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छ’ ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘माफ गर्नोस् श्रद्देय कमरेड उडन्ते सपनाहरुको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन !’

चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरीत्र सम्मको चिरफार गर्न उनले आग्रह गरेका छन् । खरा प्रश्न गर्न जनतालाई अपील गर्न र जिम्मेवार ढंगले जवाफ पेश गर्न उनले आग्रह गर्दै भनेका छन्, ‘तर मर्यादा भन्दा तल गालिमा नझरौं ! सानोदेखि लागेको बानी भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिंदैन, चेतना भया !’

मंगलबार एमाले अध्यक्ष ओलीले कांग्रेस घोषणा पत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ५८ बजे

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा