१७ श्रावण २०८३, आइतबार | August 3, 2026

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहका ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न यतिधेरै उम्मेदवारी परेको हो। यो गएराति ९ बजेसम्म निर्वाचन आयोगमा आयोगमा आएको विवरण हो । अझै केही स्थानीय तहको विवरण आउन बाँकी रहेको आयोगले जनाएको  छ।

निर्वाचत आयोगका अनुसार मेयरमा तीन हजार ४६६, उपमेयरमा दुई हजार १३६, गाउँपालिका अध्यक्षमा तीन हजार ३७८ र उपाध्यक्षमा दुई हजार ३९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, वडाध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, मेयरमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ४४६, उपमेयरमा २८३ र उपाध्यक्षमा ४४५ जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट वडाध्यक्षमा ६ हजार ४६८ जनाले उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसबाट मेयरमा २६३ र अध्यक्षमा ३८२ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा २४८, अध्यक्षमा २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट मेयरमा एक हजार ३७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

उपमेयरमा राप्रपाबाट २२७, कांग्रेसबाट २१० उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्षमा कांग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट ३१४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४६८, कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट चार हजार ३८५ र स्वतन्त्रबाट पाँच हजार ८३१ जनाको उम्मेदवारी परेको छ ।

महिला सदस्यमा एमालेबाट ६ हजार ३१८, कांग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट चार हजार १०७ र राप्रपाबाट दुई हजार ८९ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, कांग्रेसबाट पाँच हजार ७३१, माओवादी केन्द्रबाट तीन हजार ८३५ र राप्रपाबाट एक हजार ६३३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सदस्यमा एमालेबाट १२ हजार ६७०, कांग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट आठ हजार ५३८ र राप्रपाबाट चार हजार ६३० जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २४ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले