१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बुटवलको केन्द्रबिन्दु अमरपथमा ५ करोड बराबरको सुनचाँदी चोरी, सुन व्यवसायीहरु आन्दोलित



बुटवल । डकैतीकै शैलीमा रातभरी लगाएर ५ कलिो बडी सुन चोरी हुँदा पनि रुपन्देही प्रहरीले चोर पक्राउ गर्न नसकेको भन्दै बुटवलका व्यवसायीहरुले प्रहरी प्रति गुनासो गरेका छन् । सुनचाँदी व्यवसायीसंघमा भेला भएका बुटवलमा उद्योगी व्यवसायीहरुले प्रहरी युनिटकै २०० मिटर भित्रको पसलबाट रातभरी लगाएर सटर र सेफ (लकर) फोडेर सुन चोरी गरेर लैजाँदा समेत प्रहरीले सक्रियता नदेखाएको गुनासो गरेका हुन् ।

बुटवलको अमरपथ बिपी चोक स्थिती गुल्मेली कोटेश्वर मजुवा सुनचाँदी पसलबाट मंगलबार बिहान ५ किलो बढी सुन र झण्डै ६ लाख नगद चोरी भएको थियो । सीसी क्यामेराको फुटेजमा रेकर्ड हुने गरि ग्याँस कटरको प्रयोग गर्दै चोरी गर्ने समुहले पसलको सटर, पसल भित्रको लकर, सेफ फोडेर पसलमा रहेका सबै सुनचाँदी र नगद चोरेर लगेको पसल संचालक दिलबहादुर विश्वकर्माले बताए । ४० तोला बिबाहको अर्डर तथा झण्डै १० तोला अन्य ग्राहको अर्डरको गहना सहित ५ केजी बढी सुन चोरी भएको संचालक विश्वकर्माले बताए ।

योजनाबद्ध चोरी

सुनपसल चोरी गर्ने गिरोहको योजना लामो समयदेखि रहेको घटनाबाट पुष्टि भएको छ । चोरी भएकै पसलको छेउको सटर भाडामा लिन आएका भारतीय नागरिकले चोरी गरेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार घरधनी पुनम अग्रहरीको घरमा रहेको सोही सुनचाँदी पसलसंग जोडिएको खाली सटरमा कपडा पसल गर्न भनि ३ महिना अघि २ जना भारतीय नागरिक आएका थिए । ३ लाख एडभान्स दिएर घरभाडा सम्झौता गरेका तिनीहरुले घरधनीलाई भारतीय आधार कार्डको प्रतिलिपि समेत बुझाएका थिए । भारतीय नागरिकहरुको नाम भने व्यवसायीहरुले खुलाएनन् । अनुसन्धानलाई सहज बनाउन नाम नखुलाइएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले बताए ।

अध्यक्ष विश्वकर्माका अनुसार पसलमा र्याग काउण्टर बनाउने क्रममा फलामको र्याग जडान गर्न भन्दै तीनीहरुले सोमबार दिंउसो मात्र एलपी र अक्सिजन ग्याँसको सिलिण्डर सो सटरमा भित्राएका थिए । सोमबारकै मध्यराती ग्याँसकटरको प्रयोगमा सटरको ताला सहित लकर फोडेर पसलमा भएको सबै गरगहना, सुन र नगद लिएर उनीहरु फरार भएका हुन् । पसल बाहिरको सीसी क्यामेरामा कैद गरिएको फुटेज प्रहरीले बरामद गरेको छ भने घरधनीसंगको कागजपत्र पनि प्रहरीले अनुसन्धानका लागि लगेको छ ।

रुपन्देहीमा श्रृखलाबद्ध सुनपसलमा चोरी

रुपन्देहीमा पछिल्लो १ महिनाको अवधिमा ३ वटा सुनचाँदी पसलमा चोरी भईसकेको छ । गत चैत्र १७ गते सैनामैना स्थित बागलुङ शान्तिपुरे सुनचाँदी पसलमा बिबहाका लागि सुन किन्ने भन्दै सुनका गहना एमै स्थानमा पोको पार्न लगाई पेश्की १ हजार समेत बुझाई पछि पोको पारेको सुन संचालक गणेश बहादुर सुनारलाई बेहोस बनाई लुटिएको थियो भने चैत्र २९ गते नै बुद्धनगर स्थित न्यु पाल्पा भैरव सुनचाँदी पसलबाट सुन चोरी भएको थियो । तेस्रो घटनाकारुपमा बुटवलको केन्द्रबिन्दु अमरपथबाट ५ करोड बढीको सुनचाँदी चोरी भएको हो ।

व्यवसायीहरु आक्रोशित

पटक पटक सुन पसलहरुलाई लक्षित गरि चोरीको सङ्खला चलेपनि प्रहरीले अहिले सम्म चोरी भएका सुन फर्काउने र अपराधीलाई कारवाही गर्ने गरेको नपाईएको व्यवसायीहरुले बताएका छन् । चोरहरु लुकेको लोकेशन देखाउँदा पनि प्रहरीले पक्राउ नगर्ने गरेको सुन व्यवसायीको आरोप छ । ‘चोरलाई देखाउँदापनि प्रहरीले पक्राउ गर्दैन ।’ सुनचाँदी व्यवसाइ संघ बुटवलमा सचिव सिताराम रसाइलीले भने ।

काउण्टरपार्टसंग समन्वय गर्दै प्रहरी

घटनाको बिहान घटनास्थल पुगेको प्रहरीले घटनाको गहिरो अनुसन्धान सुरु गरेको दाबी गरेको छ । घरधनीसँग गरेको घरभाडा सम्झौता, आधारकार्ड र सीसी क्यामेराको फुटेजका आधारमा सीमापारीको काउण्टरपार्ट प्रहरीसंग समन्वय गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए । आधार कार्डका आधारमा भारत उत्तर प्रदेशका सत्यन्द्र गौतम र राजीव शर्माको खोजी भइरहेको उनले बताए । ३ महिनाको योजनामा चोरी गर्ने गिरोहले सो सुन पसल चोरी गरेको हुन सक्ने प्रहरीले प्ररारम्भीक अनुमान गरेको छ ।

चोरीगरे लगत्तै सरारस सीमा पार गरेर गएको मोबाइल लोकेशनबाट खुलेको समेत डीएसपी केसीले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ०९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग