२६ बैशाख २०८३, शनिबार | May 9, 2026

नेपालगन्जमा चोरी गर्न नाबालिगको प्रयोग



नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानमा भएको चा्ेरीको घटनामा नाबालिगको प्रयोग हुने गरेको पाइएको छ । चोरीको घटनाका् अनुसन्धान गर्ने क्रममा धमाधम बालबालिका चोरीमा संलग्न भेटिएसँगै बाँकेमा चोरीका नाबालिग प्रयोग हुने गरेको पुष्टि भएको हो ।

नेपालगन्जमा भएका चोरीका घटनामा प्रहरीले बालक संलग्न रहेको फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका घटनामा बालकको संलग्नता रहेको जनाएको छ । चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले ११ वर्षदेखि १५ वर्ष उमेर समुहका ६ जना बालकलाई पक्राउ गरेको छ ।

नगरका विभिन्न ठाउँका भएका सानाठूला चोरीका घटना बालक संलग्न रहेको पाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । पक्राउ परेका ६ जनामध्ये ११ वर्षका दुई जनालाई अभिभावकको जिम्मा लगाइएको छ र चार जनाविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको प्रवक्ता डाँगीले जानकारी दिए ।

विगतमा चोरीका घटनामा पक्राउ गरेर उमेर सानो भएकाले छोडिएकाहरु फेरि त्यही काममा लागेको पाइएको प्रहरीको भनाई छ । पक्राउ परेका बालकहरुले सटर फोर्ने, झ्यालको भेन्टिलेटरबाट छिरेर चोरी गर्ने गरेको स्वीकारेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ५० बजे

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी