१० पुस २०८२, बिहिबार | December 25, 2025

ढुवानीको बेथिति रोक्न ट्रक व्यवसायी आफै सडकमा



बुटवल । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटीमा क्रियाशिल ट्रक व्यवसायी संघ संस्था र समितिहरु आन्दोलित भएका छन । ट्रक व्यवसायीहरु महंगिएको ईन्धनको बचत दुर्घटना रोकथाम र नेपाल सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न सडकका उत्रिएका छन । सरकारले गर्ने काम व्यवसायीले आफै गर्न थालेका छन ।

व्यवसायीले भारतीय तथा नेपाली गाडीको ओभर लोड लाई पुरै नियन्त्रणका लागि सडकमै गाडी रोकेर ओभरलोड आएका गाडीको सामान पल्टी गर्न थालेका छन । उनिहरुले ओभरलोडका कारण सडक तथा पुल पुलेसा ध्वस्त हुने गरेको र नेपाली ट्रक व्यवसायको पेशा नै चौपट हुदै गएकाले ओभर लोड नियन्त्रणलाई कडाई गरिएको बताएका छन । सरकारले भन्सार विन्दुमै भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्नुपर्नेमा सो नगरेकाले व्यवसायीहरुले सडकमै उत्रिएर ओभरलोड नियन्त्रणमा जुटेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीले बताए ।

समितिका पदाधीकारीहरु र व्यवसायीहरु गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाको झरहीमा रहेको धर्मकाटा अगाडी जम्मा भएर ओभर लोड नियन्त्रणका साथै ईन्धनको बचतका लागि लामो दुरीका ढुवानीका साधन ४ दिनको १ ट्रिप र छोटो दुरीको स्थानका लागि ३ दिनको १ ट्रिप हुने गरी संचालनको व्यवस्था मिलाएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरि प्रसाद कंडेलले बताए ।

व्यवसायी संघसंस्थाले गरेको निर्णय अनुसार संचालन नहुने गाडीहरुलाई सडकमै रोकीभार मिलान गर्ने र ट्रिप अनुसार संचालनको व्यवस्था मिलाउन सडकमा आएको व्यवसायी गणेश मल्लले बताए ।

समितिले गरेको निणर्य पालना नर्गर्ने गाडीधनीहरुलाई तथा चालकहरुलाई समितिले प्रदान गर्ने दुर्घटना विमाको सुविधा उपलब्ध नगराउने निर्णय गरेको नवलपुर उपाध्यक्ष पर्शुराम भण्डारीले बताए ।

ओभर लोड ढुवानी गर्दा एकातिर गाडीको पाट पूर्जा ध्वस्त हुने चालकको ज्यान जोखिममा पर्ने र सडक तथा पुल पुलेसा विग्रिने भएकाले गाडी धनी र चालकलाई ओभर लोड घातक हुने हुनाले यस्ता गलत काम नर्गन पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भिमसेन घिमिरेले बताए ।
जेहोस समितिहरुले गरेको अभियानले एकातर्फ ईन्धनको बचत हुने अर्को तर्फ सडक पुल पुलेसा जोगीने, नेपाली गाडीले काम पाउने र सरकारले तोकेको भाडा व्यवसायी पाउने कुरामा सबै व्यवसायीको साथ रहन जरुरी देखिएको छ । आन्दोलनमा समितिका उपाध्यक्ष गणेश घिमिरे राजु केसी लगायतले समितिको निर्णय मुलुक भरीका यातायात समितिले लागु गर्न जरुरी छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ४५ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न