१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

५० मिटर अग्लो पर्खालबाट आमाछोराले हामफाले, आमाको घटनास्थलमै मृत्यु



काठामाडौं । भक्तपुरको मध्यपुर थिमिमा पर्खालबाट हामफाल्दामा एक महिलाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका-५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको हो । उनीसँगै हाम फालेका ४९ वर्षीष छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।

बुधबार राति साढे १० बजेतिर आमाछोराले पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको हो । छोरा मातुरामको भने मध्यपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनीहरू बस्ने डेरा नजिकै रहेको पिपलको रूखमा झण्डै ६० मिटर अग्लो पर्खाल लगाइएको छ । सोही पर्खालमा चढेर दुवै जनाले हाम फालेका हुन् ।

मोरङको सुन्दर हरैचा नगरपालिका- ९ विराटचोक घर भई हाल कमेरेटारमा डेरा गरी बस्दै आएका थिए । लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ५९ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति