१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार



सुर्खेत । ३० वैशाखमा हुने निर्वाचनका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक जना सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका छन् । सव–इन्जिनियरको जागिर छाडेर ३४ वर्षीया कमल रावल अछामको पञ्चदेवल विनायक नगरपालिका–६ मा वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।

लामो सयमदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा सव-इन्जिनियरका रुपमा कार्यरत रहेका रावल नेपाली कांग्रेसबाट पञ्चदेव विनायक नगरपालिका–६ तोलीको उम्मेदवार बनेका हुन् । रावल डेढ वर्षदेखि अछाम पञ्चदेवल विनायक नगरपालिकामा सव-इन्जिनियर रुपमा कार्यरत रहेका थिए ।

सरकारी सेवाबाट भन्दा आफूले राजनीतिक रुपमा नागरिकको सेवा गर्नका लागि सव-इन्जिनियरको जागिर त्यागेर वडा अध्यक्षमा उम्मेदवारी दिएको रावलले बताए । ‘सरकारी सेवा भनेको नितान्त व्यक्ति रुपमा काम गर्ने पेसा हो । त्यो पेसा छाडेर मलाई राजनीतिकबाट नागरिकको सेवा गर्न इच्छा भएका कारणले सरकारी सेवा छोडेको हुँ,’ उनले भने, ‘अबका दिनमा जनप्रतिनिधि भएर समाजसेवा गर्ने इच्छा भएका कारणले नागरिकसँग जोडिनका लागि राजनीतिमा आएको हुँ ।’

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ४ : ४३ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र