१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार



सुर्खेत । ३० वैशाखमा हुने निर्वाचनका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक जना सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका छन् । सव–इन्जिनियरको जागिर छाडेर ३४ वर्षीया कमल रावल अछामको पञ्चदेवल विनायक नगरपालिका–६ मा वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।

लामो सयमदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा सव-इन्जिनियरका रुपमा कार्यरत रहेका रावल नेपाली कांग्रेसबाट पञ्चदेव विनायक नगरपालिका–६ तोलीको उम्मेदवार बनेका हुन् । रावल डेढ वर्षदेखि अछाम पञ्चदेवल विनायक नगरपालिकामा सव-इन्जिनियर रुपमा कार्यरत रहेका थिए ।

सरकारी सेवाबाट भन्दा आफूले राजनीतिक रुपमा नागरिकको सेवा गर्नका लागि सव-इन्जिनियरको जागिर त्यागेर वडा अध्यक्षमा उम्मेदवारी दिएको रावलले बताए । ‘सरकारी सेवा भनेको नितान्त व्यक्ति रुपमा काम गर्ने पेसा हो । त्यो पेसा छाडेर मलाई राजनीतिकबाट नागरिकको सेवा गर्न इच्छा भएका कारणले सरकारी सेवा छोडेको हुँ,’ उनले भने, ‘अबका दिनमा जनप्रतिनिधि भएर समाजसेवा गर्ने इच्छा भएका कारणले नागरिकसँग जोडिनका लागि राजनीतिमा आएको हुँ ।’

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ४ : ४३ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक