११ पुस २०८२, शुक्रबार | December 26, 2025

मनाङमा मतपत्र र परिचयपत्र हेलिकप्टरबाट ढुवानी



लमजुङ । हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ ।

सेनाको हेलिकप्टरमार्फत ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको सेनाको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै आयोगले हेलिकप्टरमार्फत मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्री पठाएकाे बताए ।

मतपत्रलाई सुरक्षितसाथ राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । उनका अनुसार निर्वाचनका लागि चाहिने सामग्रीलाई जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मामा राखिएको खनालले बताए । मनाङमा कुल ६ हजार ४ सय ९६ मतदाता छन् । जसमा ३ हजार ३ सय ४८ महिला र ३ हजार १ सय ४८ पुरुष छन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ४८ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको