२० मंसिर २०८२, शनिबार | December 6, 2025

सरकारले विज्ञापन क्षेत्रलाई नियमन गर्न आचारसंहिता ल्याउने



काठमाडौ । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आयोजित ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भ गर्दै विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनका लागि सरकारले आचारसंहिता ल्याउने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

अप्रमाणित, भ्रामक, पर्याप्त जानकारीविना विज्ञापन बनाइएको हुन्छ, त्यसलाई व्यवस्थित गर्नका लागि सरोकारवालाको सुझावका आधारमा विज्ञापन आचारसंहिता ल्याउन लागिएको हो, यसले विज्ञापन क्षेत्रलाई व्यवस्थित गरेको छ । सचिव अर्यालको भनाई थियो । उनले विज्ञापन बोर्डको नीति र विनियमावलीलाई समयअनुसार संशोधन गरी बोर्डलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउने बताए ।

विज्ञापन आचारसंहिता मस्यौदाको विज्ञापनसम्बन्धी व्यवसाय गर्ने व्यक्तिको आचारसंहिता सम्बन्धमा ‘कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याल, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने तथा आधिकारिकता पुष्टि हुनेगरी मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ’ भनिएको छ ।

नेपाल विज्ञापन सङ्घका वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठले विज्ञापन वितरण सम्बन्धमा स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले दुई दिनसम्म सञ्चालन हुने तालिममा बोर्डले अहिलेसम्म गरेका कार्य, विज्ञापनको अवधारणा र अहिलेको प्रवृत्ति, विज्ञापनको इतिहास र चुनौती, मडिया र विज्ञापन, विज्ञापन आचारसंहिता, विज्ञापन उद्योग र महत्वलगायतका विषयमा प्रशिक्षण हुने जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ४९ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास