१ पुस २०८२, मंगलबार | December 16, 2025

तिलोत्तमा नगरपालिकाको भवनलाई नगर अस्पताल बनाउने योजना सहित गठबन्धनबाट आयो तिलोत्तमा नगर प्रतिबद्धतापत्र



बुटवल । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले स्थानीयतह निर्वाचनको प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले तिलोत्तमा नगरका लागि संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो ।

गठबन्धनले आयोजित एक कार्यक्रममा नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गरे । प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा,सीप बिकास,सञ्चार प्रविधि,युवा खेलकुद ,कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाइ प्राथमिकतामा राखदै तिलोत्तमालाई भ्रष्टाचार मुक्त नगर बनाउने उल्लेख गरिएको छ ।

हालको करको दायरा फराकिलो बनाइ यो भन्दा अगाडिको तिलोतमा नगर सरकारले लगाएको एकीकृत सम्पती करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने प्रतिबद्धता पत्रमा लेखिएको छ ।

त्यस्तैगरी अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाइ व्यवस्थित बनाइ ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोतमा नगरको भूमीहिन समस्या पूर्णरुपमा निवारण गरिने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा वैदेशिक रोजगारीमा रहनु हुने तिलोत्तमा नगर भित्रका नागरिकहरूले नगरभित्रका बैंकहरुमा डलर पठाएमा प्रति १ हजार डलरमा रु. १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ ।

प्रतिबद्धता सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गठबन्धनमा कांग्रेस पार्टीबाट मेयरका उम्मेदवार खांणले जनताबाट उठाएको करले सालिक,गेट, स्तम्भ भ्यू टावर बनाउने र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताए । उनले कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्राम स्थल बनाइने जनाए ।

नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने :

गठबन्धनको प्रतिबद्धतापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ । नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ । नागरिकहरुको आर्थिक स्तर अनुसारका न्यून मूल्यमा कार्यालयको नयां भवननिर्माण गर्ने र भवनको डिजाइन तयार गरिने जनाइएको छ ।
तिलोतमा बासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधार पत्र मानी असहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्वाहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउदै तिलोतमा नागरिक सस्तो औषधी पसल सञ्चालन गरिने सार्बजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

अध्ययन संगसमे स्व आर्जन प्राविधिक क्याम्पस संचालन गरिने छ। सम्पूर्ण सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गरिने योजना छ । नगरका सामुदायिक विद्यालयको विद्युत तथा खानेपानी महशुल नगरपालिकाले नै बुझाउने समेत प्रतिबद्धतामा समेटिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज